अशोक दर्जीको नयाँ गीत ‘चौँरीको चाम्रो छुर्पी’ युट्युबको ट्रेन्डिङ १ मा (भिडियो)

5.25K
shares

काठमाडौँ। चर्चित बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत सार्वजनिक भएको केही दिनमात्र भएको छ तर यो गीत युट्युबको ट्रेन्डिङ १ मा आइसकेको छ । नेपाली मिडिया र सामाजिक सञ्जालमा निकै नै लोकप्रिय बनेका बालगायक हुन् अशोक दर्जी। यसअघि उनले स्वर दिएको गीत ‘मन बिनाको धन ठुलो’ले सर्वाधिक चर्चा पाएको थियो।

त्यस्तै बिहीबार सार्वजनिक गरिएको उनको नयाँ गीत ‘चौँरीको चाम्रो छुर्पी’ पनि निकै हिट भइरहेको छ । गीत सार्वजनिक भएको केही दिनमा नै युट्युबको सबैभन्दा पहिलो ट्रेन्डिङमा आएको छ । हाल सम्म यो गीतलाई २० लाख बढीले हेरिसकेका छन् ।

‘चौँरीको चाम्रो छुर्पी’मा अशोकलाई स्वरमा गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी र उनका छोरा बालगायक एआर बुढाथोकीले साथ दिएका छन्। गीतमा शब्द र सङ्गीत टङ्क बुढाथोकीको रहेको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083