१७ बर्षपछि नेपाल अमेरिका सम्बन्धमा ‘ब्रेक थ्रु’ हुँदै

4.77K
shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल र अमेरिकाको सिधा सम्पर्क स्थापिथ गर्न पहिलो पटक वार्ता हुन लागेको हो । यसअघि अमेरिकाले दिल्लीबाट नेपाललाई हेर्ने गरेको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि हरेक मुलुकसँग नेपालको ‘फरक फरक’ सम्बन्ध भएकाले अन्य मुलुकमार्फत हेर्नुभन्दा सीधा सम्पर्कमा नै नेपालले विश्वास गरेको बताए। नेपाललाई अमेरिकाले पुरानो स्वतन्त्र मुलुकको हैसियतमा सम्बन्ध विस्तार गर्दै आएकाले यो वा त्यो मुलुकसँग दाँजेर हेर्न नमिल्ने धारणा मन्त्रीले व्यक्त गरे। मन्त्री ज्ञवालीले अमेरिकासँग नेपालका तीन वटा विषयमा छलफल गर्नेछन् ।

नेपालले शान्ति प्रक्रियामा पाएको सफलताको बजारीकरणमा सहयोग, नेपालमा व्यापक लगानी र सहायता, प्राथमिकताका आधारमा नेपाललाई दिने सहायताका विषयमा छलफल हुनेछ । नेपाल र अमेरिकाबीच १७ वर्षपछि परराष्ट्रमन्त्रीस्तरीय औपचारिक छलफल र समीक्षा हुन लागेको हो।