रुकुममा विवाह भोज खाएर सुतेका तीनजना मृतअवस्थामा फेला

5.02K
shares

रुकुम । रुकुम (पश्चिम) को मुसीकोट नगरपालिकामा विवाह भोज खाएर सुतेका तीनजना मृतअवस्थामा फेला परेका छन्। नगरपालिका–१२ को जुम्लाबाङमा विवाहको भोज आएर सुतेका उनीहरु साेमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का अनुसार नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं. १२ का २१ वर्षीय पलबहादुर बिक र सानीभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी मृत अवस्थामा फेला हुन्।

मुसीकोट नगरपालिका–१२ का अमर बिकका छोराको विवाह भोज खाएर सुतेका उनीहरु अमरकै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमित खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले अहिले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083