गौरीकला हत्याकाण्ड : एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैदको फैसला

4.2K
shares

सुर्खेत । गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भयो।

बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे। अदालतले सोही अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो।

बलात्कारका तिनै जना दोषीलाई २० वर्ष कैद र मृतकका हकवालाले एक लाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला गरिएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए। मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १ र १३ को उपदफा ३ बमोजिम कसुर पुष्टि हुन आएकाले सोही महल बमोजिम जन्मकैदको सजाय सुनाइएको रजिष्ट्रार भण्डारीले बताए।

त्यस्तै मुलुकी ऐन जबरजस्ती करणी मलको दफा १ र ३ नम्बरको कसुरमा दफा ३९४० को उपदफा ३ ‘क’ अनुसार ७ वर्ष कैद र थप ५ वर्ष सजाय अदालतले तोकेको छ। उक्त महलको दफा १० अनुसार मृतकका हकवालालाई एक लाख रुपैँया क्षतिपूर्ति भरपाइ लिने गरी अदालतले फैसला गरेको हो। जन्मकैद सजाय पाउने बास्तोलाका दुई भाइ हुन भने कोइराला ट्राफिक प्रहरी हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083