अनसन नबस्ने भए ‘डा. गाविन्द केसी’

4.68K
shares

काठमाडौं । पुस ३ गतेदेखि अनशन बस्ने तयारी गरेका डाक्टर गोविन्द केसीको अनशन केहीदिन पर धकेलिएको छ ।

डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् । केसीले घर्तीका सहयोगी डा. अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन दिन आग्रह गरेकी हुन् ।

केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य कुर्न तयार देखिएका छन् । डा केसीले गत मंसिर १० गते नै पत्रकार सम्मेलनमार्फत आफ्ना ३ बुँदे माग अगाडि सार्दै सो माग पुस २ भित्र पुरा नभए पुस ३ देखि १६ औँ अनसन सुरु गर्ने बताएका थिए ।

सरकारले अबको केही दिनमा आफ्नो माग सम्बोधन नगरे ४ दिन पछि अनशन बस्ने केसी पक्षको भनाई छ । ०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग केसीको रहेको छ ।

यस्तै पछिल्लो पत्रकार सम्मेलनमा केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने विषयलाई पनि समेटेका थिए । डाक्टर केसी गत असार १६ गते १५ औ अनशन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए । पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो । डा. केसीको १५ औं अनशन २७ दिनमा तोडिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083