टीकापुर घटनाको सुनुवाइ स्थगित
वि.सं.२०७५ पुस २ सोमवार १५:३७
shares

काठमाडौं । टीकापुर घट्नासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दा पक्षको कानून व्यावसायीबाट स्थगित गरिएको हो ।
कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो । गएको साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी डिल्लीबज।रस्थित सदरखोर, लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।
































