दैलेखमा कोदालो प्रहार गरी छोराले गरे आमाको हत्या
वि.सं.२०७५ पुस २ सोमवार १६:४३
shares

दैलेख । कोदालो प्रहार गरी छोराले आमाको हत्या गरेका छन्। दैलेखको नारायण नगरपालिका ३ भुर्तिमा सोमबार दिउँसो साढे १ बजेतिर छोराले कोदालो प्रहार गरी आमाको हत्या गरेका हुन्।
दैलेख जिल्ला सदरमुकाम नजिकै पर्ने भुर्तिका वालाराम नेपालीले प्रहार गरेको कोदालोले लाग्दा ४७ वर्षिया आमा पार्वती सार्किको मृत्यु भएको हो । सोही ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली घाईते भएका छन्। घाईतेमध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ।
वालाराम झुण्डियर मर्छु भनि हिडेको वेला आमा, वज्यै र वहिनीले छेक्न खोज्दा उनीहरुमाथि कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद पोखरेलले बताए। कोदालो प्रहार गर्ने वालारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ। घाईते तिनै जनाको अहिले जिल्ला अस्पताल दैलखमा उपचार भइरहेको पोखरेलले जानकारी दिएका छन्।






























