आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस : यस्तो छ प्रधानमन्त्री ओली र श्रममन्त्री विष्टको सन्देश

4.8K
shares

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताए । देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ, ।

उनले सन्देशमा भन्नुभएको छ, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । बर्सेनी लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको छ,” उनको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हकअधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।

आप्रवासीको मर्यादित जीवनका लागि सरकार क्रियाशील

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माणका लागि क्रियाशील रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ को शुभकामना सन्देश दिँदै उहाँले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको बताउनुभयो ।

‘‘श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुमधुर बनाउँदै श्रमिकको जीवनलाई गुणस्तरीय बनाउन सरकारको तर्फबाट महत्वपूर्ण पहल भएको छ’’ उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘‘सरकारले श्रममैत्री वातावरण निर्माण गर्न नयाँ श्रम ऐन तथा नियमावली जारी गरी कार्यान्वयनमा ल्याएको छ ।

उहाँले नेपालमा पहिलो पटक श्रमिकको सामाजिक सुरक्षालाई बलियो बनाउन सामाजिक सुरक्षा योजना लागू गरिएको भन्दै सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित थप रोजगारी सिर्जना गर्न देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने जानकारी सन्देशमा गराउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083