सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु
वि.सं.२०७५ पुस ४ बुधवार १४:१८
4.82K
shares
shares

काठमाडौँ । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ। बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। स्कुटरको पछाडि सवार श्रेष्ठकी आमा भगवती श्रेष्ठ घाइते भएकी छन्। पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस































