अनर्गल प्रचार गरेको भन्दै संचारमाध्यममाथि खनिए मन्त्री

5.12K
shares

काठमाडौं। सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन्। इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन्। उनीहरुले मन्त्रीका लागि दिइने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफूहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरेका छन्।

धुम्बराहीमा बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आफूले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे। उनले मन्त्रीका बारे अनर्गल प्रचावाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गरे। बैठकमा सहभागी मन्त्रीहरुले पनि आफूहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको बताउँदै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे।

त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफूले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौती दिए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083