छोराको नाम हिटलर राखेको भन्दै एक दम्पति थुनामा
वि.सं.२०७५ पुस ५ बिहीवार १४:४९
shares

लन्डन । ब्रिटिस अदालतले आफ्नो नाबालक छोराको नाम एडोल्ट हिटलर राखेको भन्दै एक नियो नाजी दम्पतिलाई जेल चलान गरेको छ । विरमिंहाम क्राउन कोर्टका न्यायाधीस मेलबर्न इन्म्यानले फैसला सुनाउँदै २२ वर्षीया एडम थोमसलाई ६ वर्षको जेल सजाए सुनाएको छ भने उनका ३८ वर्षीया पोर्चुगी पार्टनर क्लाउडिया पेटाटसलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।
नेशनल एक्सन (नाजि समूह विरुद्धको युकेको संगठन) सदस्यता लिएर पनि सन् २०१६ मा पहिलोपटक दक्षिणपन्थीविरुद्ध लागेको भन्दै सो दम्पतिसहित अन्य ६ जनालाई पनि जेल चलान गरेको हो । उक्त संगठनले आतंककारी विरुद्धको कानुन तोड्न ठूलो भुमिका खेलेको आरोप छ ।
अदालतले जारि गरेको वक्तव्य सुनाउदै न्यायधिस इन्म्यानले नियो नाजीले ‘भयंकर डरलाग्दो’ लक्ष्य राखेको बताएका छन् । साथै उनले भनेका छन्, ‘नेसनल एक्सनले नाजि शैलीमा हत्या हिंसा गरेर ठूलो आतंक मच्चाई देशको लोकतान्त्रिक शासन प्रणाली हटाउन चाहन्छ । न्यायाधीसले सो दम्पतिले आफ्नो छोराको बीचको नाम ‘एडोल्फ हिटलर ’ राख्नुको पछाडि ठूलो जातीय हिंसाको रहस्य लुकेर रहेको तर्क दिएका छन् ।
ती दम्पतिले दिएको बयानपछि न्यायधिसले अगाडि भने, ‘तिमीहरूको विचार र कार्यशैली अनुसार आफ्नो नाबालक छोराको नामाकरण हिटलरको नामबाट गरेका छौ । जसले हिटलरको जस्तै तानाशाही काम गर्ने संकेत गर्दछ ।
यसअघि पनि ती दम्पतिका नजिकका साथी तथा नेसनल एक्शनका सदस्य फेचरलाई पनि यस्तै मुद्दामा ५ वर्ष जेलमा राखिएको थियो । उनले आफ्नो नावालक छोरीलाइ नाजिलाई अभिवादन गर भन्ने आरोपमा जेल लगिएको थियो । यस्तै, अन्य व्यक्ति पनि एन्टी नाजीको विरुद्धमा रहेको भन्दै ब्रिटिस अदालतले थुनामा राखेको छ ।































