९ बजे बस्ने भनिएको कांग्रेसको बन्द सत्र बैठक अझै सुरु हुन सकेन

5.28K
shares

काठमाडौं । बिहान ९ बजे बस्ने भनिएको नेपाली कांग्रेसको जारी महसमिति बैठकको बन्द सत्र अझै सुरु हुन सकेको छैन । विधान मस्यौदामा सहमति जुटाउन नेताहरु अझै अनौपचारिक छलफलमै ब्यस्त रहेको कारण बैठक सुरु हुन नसकेको हो ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आपत्ति जनाएपछि विवाद बल्झेको हो । विधान पदाधिकारीदेखि तलसम्म समावेशी नभएको भन्दै वीरबहादुर बलायर, महेन्द्र यादव, गगन थापा, रीता गुरुङले चर्को विरोध गरेका थिए ।

नेताहरुले संरक्षण एकपटक मात्र पाउनुपर्ने, मधेसी, जनजाति र महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । प्रवक्ता विश्वप्रकाश शर्माले भने सहमति भएको विधान केन्द्रीय समितिमा पेश भएको र अर्को बैठकले पारित गर्ने दाबी गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083