दुई सातादेखि भोजपुर-विराटनगर उडान अवरुद्ध
वि.सं.२०७५ पुस ६ शुक्रवार १३:१०
4.91K
shares
shares

भोजपुर। तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ। मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो। अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए।
निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो। निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ।




























