सेनाको कामको अनुगमन सेनाकै हेलिकोप्टरबाट सुरु

4.75K
shares

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको तराई – मधेश – काठमाडौं द्रुत मार्गको अनुगमनका लागि नेपाली सेनाकै हेलिकोप्टरमा दुई पूर्व प्रधानमन्त्रीसहित ९ जना सांसद उडेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फास्ट्र ट्र्याकको अनुगमन गर्ने भनेपछि नेपाली सेनाले सांसदहरुलाई अनुगमनका लागि आज ११:३० बजे लगेको हो। सेनाले पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनालसहित एक जना आमन्त्रित सांसद र सात जना विकास समितिका सदस्यहरु सहभागी छन्।

माधव नेपाल विकास समितिको सदस्य नभए पनि उनलाई आमन्त्रण गरिएको छ। यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पनि पूर्व प्रधानमन्त्री नेपाल फास्ट्रयाकको अनुमगनमा पुगेका थिए। यसैगरी सांसद देवप्रसाद तिमल्सिनालाई पनि लगिएको छ। अनुगमनमा जाने अन्य सदस्यहरुमा विकास समितिका सभापति कल्याणी कुमारी खड्का, अनिल कुमार झा, इन्दुकुमारी शर्मा, गणेश कुमार पहाडी, दामोदर भण्डारी र प्रभु साह छन्। २३ जनाको टोली समितिका सचिव वंशिराज पौडेल, शाखा अधिकृत दीपाकुमारी दुलाल र नासु रेनुका सुवेदी पनि अनुगमनमा गएका छन्।

स्रोतका अनुसार अनुगमन टोलीमा नेपाली सेनाका आयोजना प्रमुख योगेन्द्र बहादुर खाणको नेतृत्वमा ५ जना सेनाका अधिकारीहरु सहभागी छन्। त्यसैगरी भौतिक पूर्वधार मन्त्रालयका प्रतिनिधि, रक्षा मन्त्रालयका प्रतिनिधि पनि टोलीमा छन्।

कहाँ कहाँ गर्ने छन् अनुगमन ?

सेनाको कामको अनुगमन सेनाकै हेलिकोप्टरमा

स्रोतका अनुसार काठमाडौंबाट उडेको टोली आधा दर्जन क्याम्पको अनुमगन गर्नेछ। निजगढ क्याम्प, राजदमार क्याम्प, बुदुने क्याम्प महादेवटार, मल्खुबेसी क्याम्पको अनुमगन हुनेछ।

सेनाको काम सेनाकै सहयोगमा अनुगमन गर्दा उपयुक्त नहुने बहस यसअघि समितिमा चलेको थियो। संघीय संसद सचिवालयकै सहयोगमा अनुगमन गर्ने निष्कर्ष पनि त्यतिखेर निकालिएको थियो। अहिले सेनाकै सहयोगमा अनुगमन गर्दा सही कुरा बहिर नआउने समितिका एक सदस्यले बताए।

यसअघि राज्य व्यवस्था समितिले पनि फास्ट्र ट्र्याकको अनुगमन गर्ने जनाएपछि सेनाले आफ्नै सहयोगमा लैजान खोजेको थियो। तर, समितिका सांसदहरुले अस्वीकार गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083