बैशाख ९ गते नै पार्टी एकता हुने प्रचण्डको खुलासा

8.22K
shares

बागलुङ। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुर्तिवाङ र ढोरपाटनबासीको चासो र चिन्ता रहेको ढोरपाटन उत्तरगंगा जलाशय ढोरपाटन नगरपालिकाको चाहना र भावना अनुसार बन्ने बताएका छन् ।बागलुङको बुर्तिवाङ बजारमा आयोजित ढोरपाटन महोत्सव २०७५ को उद्घाटन पछी बोल्दै यस्तो बताएका हुन् ।

दाहालले जलाशय ढोरपाटनबासीको चाहना अनुसार बन्ने कुरामा ढुक्क हुनुस भन्दै जलाशयले यसक्षेत्रका जनताको आर्थिक स्तर उकास्ने बताए । पूर्व प्रधानमन्त्री दाहालले बिदेशिएका युवा नेपालमा नभित्राएसम्म नेपाल राम्रो नबन्ने पनि स्पष्ट पारे । बागलुङले राष्ट्रिय आन्दोलनमा गरेको योगदानको फल प्राप्त गर्ने बेला आएको छ भन्दै उनले दुई तिहार्इ बहुमत र स्थायी सरकार नै बिकासको आधार भएको बताए ।

आजै बुर्तिबाङमा आयोजित बाम गठबन्धन पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहानै प्रधानमन्त्री सॅग फोनबार्ता भएको बताउदै यहि ९ गते नै पार्टी एकता हुने प्रष्ट पारेका थिए । उनले एकता भाँड्न ठुलै शक्ति लागिपरेको तर एकता भएरै छोड्ने दाबी समेत दोहोराएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083