प्रधानमन्त्री ओलीको चिन भ्रमणको तयारी, भोली परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

२०७५ वैशाख २ आइतवार
1.6K
shares
काठमार्डौ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार ३ वैशाखमा बेइजिङ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली एक महिनाभित्रै चीन भ्रमणमा जाने गरी दुवै देशको कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ । ज्ञवालीको भ्रमणमा कुनै ठोस सम्झौता हुने–नहुनेबारे अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावास जानकार छैन । ‘परराष्ट्रमन्त्रीज्यू ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमणमा आउने तय भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेको अनुसार , ‘परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने जानकारी नआइसकेको बताएको छ । प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गरेका थिए ।

२०७५ वैशाख २ आइतवार