यसवर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

4.86K
shares

काठमाडौं । आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ। पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ । केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ।

गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेको निजी प्रकाशकहरू हालसम्म प्रक्रिया पूरा गर्नमै व्यस्त छन्। ‘कहिले प्रक्रिया पूरा भएर पाठ्यपुस्तक छपाइको जिम्मामा आउँछ भन्न सक्ने अवस्था छैन । –निजी पाठ्यपुस्तक प्रकाशन तथा विक्रेताका प्रतिनिधि दीपक भण्डारीले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083