मनाङमा १८ घन्टासम्म हिमपात

5.42K
shares

काठमााडौ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ ।

अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083