इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित

4.43K
shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा फिरमिनोको ह्याट्रिकको मद्दतमा लिभरपुलले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को जित निकाल्दै लिग तालिकामा ९ अंकको अग्रता लिएको हो। लिभरपुलको जितका लागि रोबर्टो फिरमिनो ह्याट्रिक गरे भने साडियो माने र मोहम्मद सलाहले एक–एक गोल गरे।

लिभरपुलको एन्फिल्ड मैदानमा भएको खेलमा एन्स्ले मेइटल्याण्ड नाइल्सले खेलको एघारौं मिनेटमा नै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर तीन मिनेटपछि अर्थात खेलको १४ औँ मिनेटमा लिभरपुलका रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसको ९० सेकेण्डमै फिरमिन्होले अर्को गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।

३२औं मिनेटमा मोहम्मद सलाहको पासमा साडियो मानेले गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा लिभरपुलले पाएको पेनाल्टीलाई सलाहले गोलमा परिणत गरे। त्यससँगै लिभरपुलले पहिलो हाफमा ४–१ को अग्रता लियो। ६५औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो। यो पेनाल्टीलाई भने रोबर्टो फिरमिनोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरे। फिरमिनोको ह्याट्रिक नै निर्णायक बन्यो ।

जितसँगै लिभरपुलले ५४ अंक बनाएको छ। दोस्रो स्थानको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि लिभरपुलले ९ अंकको अग्रता लिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083