भारतमा भयानक दुर्घटना, कम्तिमा सात जनाको मृत्यु

4.17K
shares

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा सातको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।

हरियाना राज्यको प्रान्तीय सहर चण्डीगढबाट ४५ किलोमिटर टाढा पर्ने अम्बाला जिल्लामा दुर्घटना भएको प्रहरी स्रोतले प्रष्ट गरेको छ । अम्बालाबाट चण्डीगढसम्मको राजमार्गमा पर्ने ठाउँमा भएको दुर्घटनामा परी घटनास्थलमा नै सात जनाको मृत्यु भयो भने अरु चार जना घाइते भएका स्थानीय एक प्रहरीले जानकारी दिएका थिए ।

घाइतेलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पु¥याइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु चन्डीगढको छिमेकीमा पर्ने उत्तर प्रदेश राज्यको बृन्द्राबनतर्फ जाँदै थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083