प्रधानन्यायाधीशमा प्रस्तावित जबराको संसदीय सुनुवाइ आज, अनुमोदन गर्ने सम्भावना

4.42K
shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज संसदीय सुनुवाइ हुँदैछ। समितिले दिउँसो २ बजे जबरालाई सुनुवाइका लागि बोलाएको छ । समितिले शुक्रवार जबराविरुद्ध उजुरी दिनेहरुसँग छलफल गरेको थियो।

सुनुवार्इपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय आज नै गर्न सक्नेछ। समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक जबरा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन्। समितिमा जबराविरुद्ध ९ उजुरी परेका छन्।

उनीमाथि पर्साको एक सार्वजनिक पोखरी समेत रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेगरि फैसला गरेको भन्दै उजुरी परेको छ । त्यस्तै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा दाइजो कायम गरेको विषयमा पनि उजुरी परेका छन्।

जबराविरुद्ध तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवाद निकालेर बेञ्च बहिष्कार गरेको पनि आरोप लगाइएको छ। यस्तै, कान्तिपुर पव्लिकेशनविरुद्ध विचाराधीन अपहेलना मुद्दामा बेञ्च अवरुद्ध पारेको आरोप लगाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083