प्रदेश ५ मै घर भएका १३ सांसदले लिए घरभाडावापत १५ हजार

4.49K
shares

बुटवल । प्रदेश ५ का १३ जना सांसदले प्रदेशसभाबाट घरभाडावापत मासिक १५ हजार लिने गरेका छन् । प्रदेश ५ को मुकाम बुटवलमै घर भएर पनि १३ सांसदहरुले प्रदेशसभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका हुन् ।

प्रदेश ५ मा ८७ सांसद छन् भने रुपन्देहीमै घर भएका १७ सांसद छन् । सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद भने डेरामा बसेका छन् । कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पासम्मका ३० सांसद घरबाटै आउजाउ गर्ने गरेका छन् ।

तर, सबै सांसदले मासिक १५ हजार घरभाडा बुझ्दै आएका छन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री र मन्त्रीबाहेकका ८१ सांसदले संसद्बाट सुविधा लिने गरेको जानाकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083