विदेशीसँग लिभिङ टुगेदर, ‘पार्सल आयो’ भन्दै १४ लाख ठगी गर्ने दुईजना पक्राउ

5.07K
shares

काठमाडौं । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, भाइबर र इमो मार्फत ‘तपाईँको नाममा पार्सल आएको छ’ भन्दै म्यासेज गरेर लाखौं ठगी गर्ने एक विदेशी सहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा आईभरीकोष्टका ओवात्तारा अल्लाकाग्नी र नेपाली महिला कुसुम कायस्थ रहेका छन् । काठमाडौंको पेप्सिकोलामा फ्ल्याट लिएर लिभिङ टुगेदरमा बस्दै आएका कुसुम र ओवात्ताराले १४ लाख ३४ हजारभन्दा बढी ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

भारतिय नम्बरबाट भाइबर, इमो तथा ह्वाट्सएप मार्फत अपरिचित व्यक्तिहरुलाई सम्पर्क गर्दै ‘तपाईँको नाममा आएको पार्सल लिनका लागि चार्ज तिर्नुपर्छ’ भन्दै बैंकको खातामा पटक–पटक रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहले जानकारी दिए ।

अपरिचित व्यक्तिहरुलाई विभिन्न आश्वासन देखाएर पटक–पटक बैंक खातामा रकम जम्मा गर्न लगाएर उनीहरुले ८ जना ब्यक्तिहरुबाट लाखौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आइतबार पेप्सिकोलाबाट पक्राउ परेका कायस्थ र अल्लाकाग्नी बिरुद्ध ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083