पप्पु कन्स्ट्रक्सनका रौनियार सांसदबाट निलम्बन नभएको दाबी

4.42K
shares

काठमाडौं। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा नपरेको दाबी गरेका छन्।आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले रौनियार निलम्बनमा परेको भन्ने हल्ला निराधार रहेको दाबी गर्दै मंगलबारदेखि उनी संसदमा उपस्थित हुने बताएका हुन्।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेपछि उनलाई संसद सचिवालयले पदबाट निलम्बन गरेको भनिएको थियो। रौनियार निलम्बनमा परेको भनिएकै कारण पर्सा क्षेत्र नम्बर ३ बाट कुनै पनि योजना छनौट हुन सकेको छैनन्।यस्तै अर्को प्रसंगमा मन्त्री यादवले संघीय प्रणाली तथा राष्ट्रिय एकता बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083