स्याङ्जाका मेयर रक्सीले मातेर लफडा गरेपछि युवाहरुले गरे रामधुलाई

6.27K
shares

काठमाडौं । रारा ताल घुम्न गएका स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । मेयर गिरी रारा भ्रमणबाट फर्किएर कालिकोटको होटलमा राति बास बसेका थिए । उनी कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा बसेको बेला रक्सीले चुर हुनेगरी मातेको बुझिएको छ ।

मातेको अवस्थामा होटलमा बसेका काठमाडौँका युवाहरुको टोलीसँग पदको घमण्ड देखाएका कारण उनी कुटिएको स्थानीयले बताएका छ । त्यहाँ उक्त युवाहरु र मेयरबीच विवाद उत्पन्न भएको थियो । विवाद चुलिएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेका हुन् । ‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको बुझिएको छ ।

‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल नै भयो प्रत्यक्षदर्शीले बताए । हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए। उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने कार्य सुरु भएको बताए। स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी नेपाली काँग्रेसबाट विजयी भएका हुन् उनले तत्कालिन नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी भएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083