५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

5.67K
shares

काठमाडौं । ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन कर्मचारी बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोद कुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु गतसाता न्यूनतम धरौटीमा छुटेका हुन् । घर्तीविरुद्ध ५७ करोड ४४ लाख ८ हजार ४ सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।