सरकारी तलब खाएर सरकारविरुद्ध आन्दोलन गर्ने कर्मचारीलाई डण्डा बर्साउन निर्देशन

5.55K
shares

काठमाडौं । सरकारी तलव खाएर सरकारबिरुद्ध नै जथाभावी बोल्दै हिड्ने र सिंहदरवारमा ब्यानर बोकि आन्दोलन गर्ने कर्मचारीको अभिलेख राखी कारवाही थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीलाई निर्देशन दिएका छन् । सरकारले कर्मचारी समायोजन बिद्येयक ल्याउने तयारी गरेलगतै राजनीतिक आडमा बसेका कर्मचारीहरुको नेतृत्वमा सिहदरवारभित्रै आन्दोलन चलिरहेको छ ।

प्रधानमन्त्री कार्यालयदेखि विभिन्न कार्यालयमा उनीहरुले ब्यानर राखेर आन्दोलन गरिरहेका छन् । आन्दोलनलाई सम्वोधन गर्ने कर्मचारी नेताहरुले हैसियत नै विर्सेर सरकारमाथि अराजक अभिब्यक्ति दिन थालेका छन् । कर्मचारीको रवैयाबाट आक्रोसित बनेका प्रधानमन्त्री ओलीले खटाएको ठाउँमा नजाने र सरकारबिरद्ध गैरजिम्मेवार अभिब्यक्ति दिने कर्मचारीको अभिलेख राखी कारवाही गर्न निर्देशन दिएका छन् ।

संघीय संसदबाट मंगलबार कर्मचारी समायोजन बिद्येयक स्विकृत भएको छ । बिद्येयक स्विकृत भएपछि कार्यान्वयनको चरणमा पुगेको छ । तरपनि सिंहदरवारभित्र बर्षौदेखि राजनीतिक दादागिरी गरिरहेका कर्मचारीहरुको मन शान्त भएको छैन । कुनैपनि कर्मचारीको बृत्ति विकासलाई कहिले पनि नरोकिने प्रतिवद्धता सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संसदको रोष्टममा प्रतिबद्धता गरिसकेका छन् ।

समायोजन बिद्येयकले कर्मचारीको बृत्ति विकास रोक्ने भन्दै कर्मचारीहरुले निषेधित क्षेत्र सिंहदरवारभित्रै आन्दोलन गरिरहेका छन् । कर्मचारी आन्दोलनका नाममा कांग्रेस नेता गगन थापाले निरन्तर राजनीतिक रोटी सेकिरहेका छन् । दुई तिहाइ सरकारभन्दा स्थायी सरकारभन्दै कर्मचारीका पक्षमा उभिएका छन् । कर्मचारी युनियनका पक्षमा उभिदै आएका थापाको अभिब्यक्तिले कर्मचारीको अभावका सेवा लिन नपाएका लाखौ नागरिकमा असर परिरहेको छ ।

मंगलबार कर्मचारी समायोजन बिद्येयक स्विकृत भएलगतै प्रधानमन्त्री ओलीले मन्त्री लालबाबु पण्डितलाई बालुवाटार बोलाएका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राखी उनले गैरकानुनी कार्य गर्ने कर्मचारीलाई कारवाहीको निर्देशन दिएका हुन् । प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबिरुद्ध अभिब्यक्ति दिने कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएलगतै मन्त्री पण्डित मन्त्रालय पुगेका थिए । उनले उच्च तहका कर्मचारीसँग कारवाहीको तयारी थाल्न निर्देशन दिए ।