सरकारको ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धि विधेयक’ मा राजपाको विरोध

4.59K
shares

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले संघीयताको मर्म विपरित ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धि विधेयक’ ल्याउन खोजेकोभन्दै आपत्ति जनाएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले संघीयताको मर्म विपरित सरकारले ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धि विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।

जिल्ला प्रमुख जिल्ला अधिकारी आफू मातहत राखेर संघीय सरकारले प्रदेश सरकारको अधिकार कटौति हुने गरी सो विधेयक ल्याउन लागेको जानकारी आएको उल्लेख गर्दै उनले त्यसो भए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी पनि दिए। सांसद लालले संघीय सरकारले संघीयताको मर्म विपरित प्रदेश सरकारलाई पंगु बनाउने काम गरिरहेको आरोप पनि लगाए।

सांसद लालले संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षा सम्बन्धि आफैं व्यवस्था गर्ने अधिकार दिएको उल्लेख गर्दै सोही अनुसारको कानुनी व्यवस्था गर्न संघीय सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083