समृद्ध नेपाल’ पूरा गर्नका लागी भाषणाभन्दा बढी कामको आवश्यकता छ : डोरमणि पौडेल

5.33K
shares

सिन्धुली । सिन्धुली जिल्लामै पहिलो पटक आयोजना भएको ३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशिक महोत्सव २०७५’ आइतबार समापन भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा गत पुष १३ गतेदेखि सुरु भएको ‘प्रादेशिक महोत्सव २०७५’को एक समारोहका बीच प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले समापन गरेका हुन्।

महोत्सवको समापन गर्दै मुख्य मन्त्री पौडेलले प्रदेश सरकारले शुन्यबाट काम सुरु गरेर १० महिनामा प्रदेश सरकार संचालनका लागि आवश्यक ऐन कानुन बनाउँदै धेरै काम पूरा गरेको बताए। उनले भने, प्रदेश सरकारले काम गरेन ? यसो भएन ? उसो भएन ? भन्दै प्रश्न गर्ने प्रसस्तै छन्।

किन प्रदेश सरकारले काम गरेको छैन। प्रसस्तै काम गरेको छ। प्रदेश सरकार गठन हुँदा हामी शुन्यमा थियौं। अहिले त्यो शुन्यबाट उठेर ऐन कानुन, नियम नियमावली बनाएका छौं। विकास निर्माणका काम भइरहेका छन् । मुख्य मन्त्री पौडेलले सरकारले कल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्नका लागी भाषणाभन्दा बढी काम गर्नुपर्ने धारणा राखे।

मुख्य मन्त्री पौडेलले अवको एक वर्षमा प्रदेश सरकारले गरेका हरेक काम जनताले सहजै देख्ने भन्दै प्रदेश ३ का जिल्लाहरूमा रहेका ऐतिहासिक गढीहरुको विकास गर्दै पर्यटन प्रवर्दन गर्ने बताए। मुख्यमन्त्री पौडेलले प्रदेश ३ मै सिन्धुली जल,जमिन र जंगलमा धनी रहेको भन्दै यी तीनै स्रोतको सही सदुपयोग गर्दै सिन्धुलीलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले छिट्टै ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री दावादोर्जे लामाले सिन्धुलीमा भएको जमिनको प्रयोग गर्न सके मात्रै पनि सिन्धुलीले समृद्धि हासिल गर्न सक्ने बताए। मन्त्री लामाले प्रदेश ३ मै पहिलो पटक सिन्धुलीको दुधौली नगरपालिकाबाट सामुहिक सहभागितामा आधारित ‘चक्लाबन्दी खेती प्रणाली’ को थालनी गरेर प्रदेश सरकारले समृद्धिको अभियान सुरु गरेको दावी गरे।

किसान पराम्परागत खेतीबाट निरास भएका छन्रु अव निरास हुनु पर्दैन। हामीले यही सिन्धुलीकै दुधौली नगरपालिकाबाट १२१ विगा जमिनमा चक्लाबन्दी खेती प्रणाली सुरु गरीसकेका छौं’ उनले भने। ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध प्रदेश ३ निर्माणको आधार’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव १० दिन सम्म संचालन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083