पौने २ करोडसहित मालपोतका लेखा अधिकृत फरार

8.07K
shares

काठमाडौँ । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्। प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ।

मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो । त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रहम दाखिला गर्न भन्दै पत्र काटेको थियो। तर, पाँच पटकसम्म पत्र काट्दा पनि भुक्तानी गर्न नसकेपछि आन्तरिक लेखा परीक्षक कार्यालयबाटै २४ घण्टाभित्रै दाखिला गर्नू भनी मंसिर २० गते पत्र आयो’ पौडेलले भने, त्यसपछि दर्जीले दुई दिन बिदा लिए।

मंसिर २४ गते मात्रै कार्यालमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार कारवाही भोग्न तयार छु भनेर सनाखत गरेर जानुभएको छ। पौडेलका अनुसार उक्त सनाखत पत्रमा अन्य कुनैको संलग्नता नरहेको र होसहवासमै आफैले खर्च गरेको समेत स्पष्ट पारेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083