विवेकशील साझा काभ्रे जिल्ला संयोजकमा श्रेष्ठ

6.66K
shares

काभ्रे । पत्रकार भूषणकुमार श्रेष्ठ विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा चयन भएका छन्। विवेकशील साझाको काभ्रेपलाञ्चोक जिल्ला कमिटीले एक कार्यक्रमकाबीच श्रेष्ठलाई जिल्ला शाखा संयोजक घोषणा गरेको हो। समाजसेवामा सक्रिय श्रेष्ठले आफ्नो क्षमता र योगदानलाई कदर गर्दै पार्टीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताएका छन्।

उनले आफूले निष्ठाको राजनीति गर्ने भन्दै सहयोगकालागि आग्रह गरे। संयोजक श्रेष्ठले जिल्लालाई कृषि तथा पर्यटन शहरको रुपमा विकास गर्न आफूले भूमिका खेल्ने बताए। कार्यक्रममा केन्द्रीय सदस्य मिलन पाण्डेले देशैभरि पार्टीको ९० दिने संगठन विस्तारको अभियान अन्तरगत जिल्ला संयोजक घोषणा गरिएको बताए । संयोजक श्रेष्ठ पत्रकार तथा अटो नेपाल पत्रिकाका प्रबन्ध निर्देशक समेत हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083