३० हजार कर्मचारीको विवरण अद्यावधिक

4.6K
shares

काठमाडौँ। कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए। उनका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन्।

कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन्। अहिले दैनिक हजार कर्मचारी आफैँ आएर विवरण अद्यावधिक गराउने गरेका छन्।

उनीहरुले आफैं आएर वा अनलाइनबाट विवरण अद्यावधिक गराइरहेका छन्। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले अहिलेसम्म २० हजार ५०० कर्मचारीले समायोजन रोजिसकेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083