ललितपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
वि.सं.२०७५ पुस २४ मंगलवार १५:०६
5.56K
shares
shares

काठमाडौं । भिरबाट लडेर ललितपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर बागमती गाउँपालिका-६ का ४१ वर्षीय चन्द्रबहादुर विक रहेका छन्। विक गाउँपालिकाकै प्युटारको खैरेनीनगर खोरे भिरबाट लडेर मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।
बिकको शव सोमबार भिरबाट करिब एक सय ५० मिटर तल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मृतक विकको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाएको जनाएको छ।































