राष्ट्रपति ट्रम्पसँग अनुहार मिल्ने एक किसानी महिला चर्चित बन्दै
वि.सं.२०७५ पुस २६ बिहीवार १२:५५
4.91K
shares
shares

एजेन्सी । हरेक दिन चर्चामा आईरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब महिलाको रुपमा देखिने भएका छन् । स्पेनमा आलु खेती गर्ने महिला पछिल्लो समय सामाजिक संञ्जालमा चर्चित बन्दैछिन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुहार मिलेको कारण सामाजिक संञ्जालमा छाइरहेकी महिलाको नाम डोलोरेस लेइस आन्टेलो स्पेनमा खेतीपातीमा रमाइरहेकी छिन् ।
स्पेनको ग्रामिण इलाकामा ४० वर्ष देखी आलु खेती गर्र्दै आइहेकी उनी कम्युटर, फोनबाट टाढै रहन्छिन् । आफ्नो श्रीमानसँग खेतीपातीमा व्यस्त डोलोरेस इन्टरनेट सेलिब्रेटी बनेसँग उनको तस्वीर आफ्नै नातिनी मार्फत देख्न सफल भएकी हुन् । पछिल्लो समय सेनोरा ट्रम्प ह्यासट्यागबाट चर्चित बनेकी उनी सामाजिक संञ्जालबाट निकै टाढा छिन् ।


















