बलात्कार आरोपमा प्रहरीले माग्यो सुपरस्टार फुटबलर ‘रोनाल्डो’को डिएनए नमुना

5.37K
shares

एजेन्सी । २००९ मा बलात्कार आरोप गरेको लागेका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग लसभेगस प्रहरीले उनको डीएनए नमुना माग गरेको छ।

अमेरिकी पूर्वमोडेल क्याथरिन मायोग्राले सन् २००९ मा लसभेगसको पालम्स होटल एन्ड क्यासिनोको नाइट क्लबमा भेटेपछि रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।

हाल रोनाल्डो इटालीको युभेन्टस क्लबबाट फुटबल खेल्दै आएका छन्। युभेन्टस क्लबका वकिलले भने डीएनए माग गरिनु स्वभाविक प्रक्रिया रहेको बताएका छन्। रोनाल्डोले लसभेगसमा भएको घटना आपसी समझदारीमा भएको पहिल्यै उल्लेख गरेका कारण उनको डीएनए फेला पर्नु अनौठो नहुने र यस विषयमा प्रहरीले नमुना माग्नु स्वाभाविक भएको उनले बताए।

Image result for अमेरिकी पूर्व मॉडल कैथरिन मायोग्रामायोग्राले लसभेगस प्रहरीमा सन् २००९ मा नै बलात्कारको घटनाका बारेमा उजुरी दिएको अधिकारीहरुले बताएका छन्। तर उक्त समयमा मायोग्राले घटना भएको स्थान वा संदिग्ध व्यक्तिको परिचय नखुलाएको प्रहरीले जनाएको छ।

यद्यपि, २०१० मा रोनाल्डो र मायोग्राबीच अदालतमार्फत आरोप सार्वजनिक नगर्ने सम्झौता भएको जनाइएको छ। त्यसो गरे बापत रोनाल्डोले मायोग्रालाई ३ लाख ७५ हजार अमेरिकी डलर दिने सम्झौता भएको थियो। तर मायोग्राका वकिलहरूले उनलाई त्यो सम्झौता रद्द गर्न भनेका थिए।

रोनाल्डका वकिलहरूले विगतमा त्यस्तो ‘सम्झौता गरिएको घटना रोनाल्डोलेले अस्वीकार नगरेको’ बीबीसी स्पोर्टले उल्लेख गरेको छ। तर त्यो सम्झौता गरे पनि रोनाल्डोले बलात्कारको आरोप स्वीकार नगरेको बताइएको छ।

अक्टोबरमा जर्मन म्यागेजिन डेर स्पेगलबाट उक्त घटना सार्वजनिक भएपछि मायोग्राले रोनाल्डोको नाम किटान गरेर प्रहरीमा फेरि उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले रोनाल्डोमाथि अनुसन्धान सुरु गरेको थियो।

आरोप सार्वजनिक भएपछि ‘द सन’ अनलाइनले रोनाल्डो र बलात्कार आरोप लगाएकी मायोग्रा एक रात्रि क्लबमा सँगै देखिएका तस्विरहरु सार्वजनिक गरेको थियो।

विश्वमा उदय भएको ‘मि टु मुभमेन्ट’ र आफूमाथि हिंसा भएको भनी सार्वजनिक रूपमा अगाडि आएका महिलाहरुबाट प्रेरित भई यो कुरा बाहिर ल्याउन शक्ति मिलेको उनले बताइएकी थिइन्।

स्पेगलबाट सार्वजनिक भएको उक्त घटनालाई पहिले रोनाल्डोले ‘फेक न्युज’ भनेका थिए। पछि उनले ट्विट मार्फत क्याथरिनले लगाएको यौन शोषणको आरोपको खण्डन गरेका थिए। रोनाल्डोका वकिलले भने घटनाको रिपोर्टिङका विषयमा म्यागेजिन डेर स्पेगलमाथि मुद्दा दायर गर्ने बताएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083