यी बलिउड कलाकार मोदीलाई भेट्न दिल्ली पुगे

6.55K
shares

काठमाडौँ । विहीबार बलिउड कलाकारहरुको एउटा टोली मुम्बईबाट नयाँ दिल्ली उडे। उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न दिल्ली पुगेका हुन्।

टिममा कलाकारहरु रणबिर कपूर, रणवीर सिंह, वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, विक्की कौशल, आयुष्मान खुराना, भूमी पेड्नेकर, राजकुमार राव लगायत रहेका थिए। त्यस्तै निर्माताहरु एकता कपूर, करण जौहर र महाबिर जैन थिए। निर्देशकहरु आश्विनी तिवारी र रोहित सेट्ठी पनि गएका थिए।

महावि जैनको नेतृत्तवमा उनीहरु मोदी भेट्न पुगेका हुन्। उनीहरुको भेटघाटको कुनै निश्चित मुद्दा भने नरहेको बलिउड हंगामाले जनाएको छ। जैनले भनेका छन्,’मलाई यो भेट जुराउन गाह्रो भएन। कलाकारहरुलाई कन्भिन्स गरें र मोदी जीसँग टाइम मिलाउन २० दिन लाग्यो।’

उनले बलिउड र नव कलाकारहरुलाई राष्ट्र विकासको विषयहरुमा जानकार र सहभागी बनुन् भन्नका लागि उक्त कदम चालेको जनाएका छन्। ‘म चाहन्थे प्रधानमन्त्रीले पनि नयाँ स्टारहरु चिनुन्।’ सहभागी कलाकारहरुले पनि सामुहिक सेल्फी सेयर गर्दै मोदी भेट्नुको उत्सहा साटेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083