कर्मचारीको अटेरीपन उस्तै, कारबाहीको सिफारिस गरिन्छ तर उन्मुक्ति पाइरहन्छन्

5.56K
shares

काठमाडौं । निजामती कर्मचारीमा व्याप्त अटेरीपनमा सुधार आउन सकेको छैन । अहिले पनि देशका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु बिनाजानकारी अनुपस्थित हुने, ढिलो आउने र हाजिर गरी टाप (हाटा) हुने प्रवृत्तिमा कमी आउन नसकेको प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको निष्कर्ष छ । प्रधानमन्त्री मातहत रहेको केन्द्रले गरेको कारबाही सिफारिसलाई अधिकांश सरकारी कार्यालयले नै पंगु बनाइरहेको पाइएको छ ।

केन्द्रले विगत साढे ६ महिनामा देशका विभिन्न सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमा विभिन्न गल्ती गर्ने ९८८ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो तर तीमध्ये मुस्किलले २७६ जना कर्मचारी मात्रै कारबाहीमा परेका छन् । बाँकी ७१२ जना कर्मचारीलाई उन्मुक्ति दिइएको छ ।

केन्द्रले देशभरका ३२४ सरकारी कार्यालयमा अनुगमन गरेको थियो । त्यसरी, अनुगमन गर्दा समय पालना नगर्ने र हाजिर गरेर टाप कस्ने ७२९ जना कर्मचारी फेला परेका थिए । यस्तै, २५९ जना कर्मचारीहरुले तोकिएको पोसाक नलगाएर आचरणविरोधी काम गरेका थिए । गत वर्ष कारबाही सिफारिसमा परेका १ हजारमध्ये ७० प्रतिशत कर्मचारीमाथि कुनै कारबाही भएको थिएन ।

केन्द्रका अधिकारीका अनुसार कर्मचारीलाई बर्सेनि कारबाहीको सिफारिस गरिन्छ तर अधिकांशमाथि कारबाही हुँदैन । सर्तकता केन्द्रले बर्सेनि सरकारी कार्यालयको छड्के अनुगमन गर्दै आइरहेको छ । अनुगमन क्रममा केन्द्रले कार्यालयमा आफूखुसी अनुपस्थित हुने, तोकिएको पोसाक नलगाउने र हाजिर गरेर आफ्नै काममा हिँड्ने कर्मचारीको खोजतलास गर्छ र तालुक निकायमा कारबाहीको सिफारिस गर्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083