प्रधानामन्त्री ज्यू , झापाको भ्यू टावरमा चढेपनि निर्मला हत्या र बलात्कारको टाटो परैबाट देखिन्छ : कांग्रेस सांसद रिजाल

6.05K
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दाबी गरेका हुन् ।

मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधनका क्रममा दिइएका तथ्यांक पूरै गलत भएको भन्दै उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रालयद्वारा गलत जानकारी दिइएको बताए । प्रधानमन्त्रीले भने जस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सुचांकमा सकारात्मक परिर्वतन नदेखाएको भन्दै उनले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

‘काठमाडौं खाल्डोबाट देखिएन होला त्यसैले झापामा भ्यू टावर बनाउने भन्नुभएको छ । माफ गर्नुहोस् प्रधानामन्त्री ज्यू । खाबो बांगो छ ,तपाइँले देखे जस्तो देशको स्थिति छैन । झापाको भ्यू टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ,’ उनले भने । उनले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नयाँ दरबार श्रृजना गर्न खोजेको आरोप पनि लगाए।

उनले भने, ‘सरकारको निर्णयबाट १८ करोडको गाडीमा डेढ अर्बको हेलिकोप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन नयाँ दरबार झन बढी भोग र विलासको बिम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन । गणतन्त्र बलियो हुँदैन । जनताको आर्थिक अवस्था जस्तो छ ,त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ । नेपाली जनता नया दरबार बनाउन चाहँदैन।

उनले प्रधानमन्त्रीले भने भन्दा विपरित संवैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम सरकारबाट भइरहेको आरोप लगाए। उनले भने, ‘बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मान मर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन। आयोगलाई क्रियाशिल नतुल्याउने अनि संघियता अझ बलियो बनाएको छु ,भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन संस्था बलियो बनाउनुपर्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083