फोक्सो र मुटुमा समस्या आएपछि डा. गोविन्द केसी अस्पताल भर्ना

12.51K
shares

काठमाडौँ । अनसनरत डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ । डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको हो । सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगी डा. अभिशेक सिंहले जानकारी दिए।

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा. केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै डा. केसी सोही दिनबाट इलाम सदरमुकामको एक घरमा १६ औ अनसन सुरु गरेका थिए ।

अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानु नपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए। तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल पुर्‍याइएको हो। डा. केसीले समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

दोस्रो दिनदेखि नै छातीको दुःखाई, खोकीलगायतका समस्या सुरु भएकोमा पाँचौं दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो। डाक्टर केसीको स्वास्थ्य अवस्था हेरिरहेका डाक्टर रामकृष्ण आचार्यका अनुसार दाहिने फोक्सो पनि राम्रोसँग खुलेको छैन। छातीमा संक्रमण भइसकेको अनुमान गरिएको छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा कम भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083