ला लिगा : मेसीको कीर्तिमान, स्वारेजको दुई गोलमा बार्सिलोना विजयी

5.94K
shares

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इबरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे । मेस्सीले ला लिगामा चार सय गोल पनि पूरा गरेका छन् । इबरलाई पराजित गर्ने क्रममा उनले चार सय गोल पूरा गरेका हुन् ।

Image result for barca

खेलको १९औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको बार्सिलोनाले इबरको पोष्टमा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा गोल गर्दै मेस्सीले दोब्बर अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले फेरी गोल गर्न सफल भए । उनको गोलसँगै बार्सिलोनाले इबरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना १९ खेलबाट ४३ अंक बनाएर शीर्ष स्थानमा कायमै रहेको छ । पराजित इबर भने समान खेलबाट २२ अंक बनाउँदै लिगको १६औं स्थानमा छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083