काबुलमा शक्तिशाली विस्फोट, ४ जनाको मृत्यु, ९० घाइते
वि.सं.२०७५ माघ १ मंगलवार १३:३६
shares

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन्। घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ। गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गरेका छन्।
काबुलमा सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ, उनले बताएका छन्। विस्फोटबाट मारिएका ती व्यक्तिहरुमा तीन जना सैनिक र एक सर्वसाधारण रहेका छन्। सो विस्फोटमा परी २३ जना बालबालिकासहित ९० जना घाइते भएका छन्। घाइते भएकामा १२ महिला जना महिला पनि रहेका बताइएको छ। घाइते भएकामा पनि प्रायः सबैजना सार्वसाधारण नागारिक नै रहेका उक्त समाचारमा जनाइएको छ।
सोमबार भएको यस विस्फोटको करिब एक घण्टापछि दानिसले गरेको ट्वीटमा यो जानकारी दिएका हुन्। यस घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको दानिसले बताए। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। तर पनि यसअघिका यस्तै आक्रमणहरुमा तालिबान र इस्लामिक स्ट्टेस जस्ता लडाकू समूहको हात रहदै आएकोले यस आक्रमणमा पनि तिनै समूहको हात भएको प्रहरीको अनुमान रहेको छ।
काबुल आक्रमणको जिम्मेवारी तालिबानले लियो
यसैबीच प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ। काबुलका सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका छन्। स्थानीय समयानुसार सोमबार साँझ ७ बजे शक्तिशाली विस्फोटक पदार्थ विस्फोट गराई ती व्यक्तिको हत्या गरिएको थियो। रासस































