विवेकशील साझाको निष्कर्ष : छापामार शैलीमा पार्टी फुटाइयो

5.3K
shares

काठमाडौं । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ। पार्टी फुटेपछि सोमबार बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो।

पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले १५ महिनासँगै काम गरेर साथीहरुले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष पार्टी केन्द्रीय कार्य समितिले निकालेको जानकारी दिए। पार्टी केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पार्टी भित्रका कमी कमजोर सुधार गरेर अघि बढने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भिर गल्ती गरेको दावी गरे।

निर्वाचनमा सँगै होमिएका पार्टी भित्रका साथीहरुलाई भावनात्मक रुपमा एकतावद्ध गर्न नसक्नुलाई कमजोरीको रुपमा पनि बैठकले औंल्याएको छ। पार्टी फुटनु दुःखद भएको भएपनि आफूहरु हतास नभएको प्रवक्ता आचार्यले बताए। उनले मुलुकलाई वैकल्पिक शक्ति चाहिएको र सो आवश्यक्ता पूरा गर्न आफ्नो पार्टी सक्षम हुने दावी पनि गरे।

पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाउँदै थापा समूह सो पार्टीबाट अलग भएको थियो। पार्टीले विभाजनपछिको चुनौतिलाई सामना गर्ने तयारीका लागि आगामी माघ १२ गते काठमाडौंमा राष्ट्रिय भेला पनि बोलाएको छ। सो भेलाले पार्टीलाई अघि बढाउन ठोस नीति तय गर्ने पनि प्रवक्ता आचार्यले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083