डा. केसी अनशनको आठौँ दिन : स्वास्थ्य अवस्था जटिल बन्दै

5.72K
shares

काठमाडौँ । आठ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ। इलाम अस्पतालका डाक्टर बिजेन्द्र कुमार शाहको अनुसार उनको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण बढ्दै गएको छ। संक्रमण बढेपछि उनलाई सुइमार्फत् एन्टिवायोटिक दिइएको छ। चिसोको कारण निमोनिया पनि भएको छ।

पछिल्लो रिपोर्ट अनुसार डा. केसीको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशी दुखेको र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ। उनको रोग प्रतिरोधातम्क क्षमता कमजोर बन्दै गइरहेको छ। शाह भन्छन्,’उमेर बढी र मुटुको बिरामी भएकाले उहाँ खतरामुक्त हुनुहुन्न्। यहाँ चिसो पनि छ निमोनिया भएकाले गाह्रो छ।’

डा. केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि उनको उपचारमा संलग्न चिकित्सकले उनलाई तत्कालै आइसीयू तथा सीसीयूमा सार्न सुझाव दिइरहेका छन्। तर, इलाममा उक्त सुविधा छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083