गाँउमा बस्न नसक्ने भएपछि बम दिदीबहिनी काठमाडौंमा,यस्ता पनि आए धम्की

5.01K
shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नको आरोप लागेकी बबिता र रोशनी बम काठमाडौं आइपुगेका छन् । आफूहरुलाई कञ्चनपुरमा बस्न अप्ठ्यारो भएको भन्दै उनीहरुले काठमाडौं आएको बताएकी छन् । बिना कारण अपुष्ट प्रमाणले आफ्नो निजी जीवनमा परेको ठूलो चोटलाई काठमाडौंले सान्तवना दिन्छ की भन्ने हेतुले यहाँ पुगेको रोशनीले बताइन् ।

कञ्चनपुरका मानवअधिकारकर्मीले बारम्बार आत्म सम्मानमा चोट पु¥याउँदै आएको भन्दै उनीहरु सुरक्षाका लागि केन्द्रसम्म पुगेको बताउँछन् । प्रहरीले अनुसन्धानका क्रममा विभिन्न समयमा उनीहरुलाई पक्राउ गरी सोधपुछ गरेतापनि हत्यामा संलग्न रहे÷नरहेको पुष्टि हुन सकेन । आन्दोलनकारीले बारम्बार बम दिदीबहिनीहरुमाथि शंका लिइरहे । आफूहरुलाई न्याय दिने कुनै निकाय नभइसकेपछि बम परिवार एक्लो बनेको थियो । बेसाहारा बनेको परिवारले निकै चुनौति भोग्नुपरेको बबिता बताउँछिन् ।

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् । दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बन्नुभएको थियो । अहिलेसम्म पनि बम दिदीबहिनी मानव अधिकारकर्मीको नजरमा अभियुक्त छन् ।

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । उनीहरुले मिना भण्डारी र शारदा चन्द लगायत मानवअधिकारवादी भन्नेले आफूहरुलाई निरन्तर धम्की दिइरहेको बताएकी छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083