फ्रेन्च लीग वनमा पीएसजीको कीर्तिमानी जित, एम्बापे र कभानीले गरे ह्याट्रिक

6.47K
shares

एजेन्सी । फ्रेन्च लीग वन फुटबल लीगमा लीग लिडर पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले शनिबार कीर्तिमानी जित हात पारेको छ । लीग लिडर पीएसजीले लीगको पुछारमा रहेको जेइन्युग्याम्पाको पोस्टमा कीर्तिमानी ९ गोल गरेको हो । पीएसजीले शनिबार यो खेल ९–० गोल अन्तरको फराकिलो जित दर्ता गर्यो । लीग वनमा यो सबैभन्दा ठूलो अन्तरको जितको रेकर्ड हो ।

पीएसजीका लागि युवा सनसनी किलियन एम्बापे र इडिन्सन कभानीले ह्याट्रिक गरे । यस्तै नेयमारले २ गोल गरे भने म्यूनरले पनि १ गोल गरे । यो फराकिलो जितको अन्तर गत वर्ष ८–० को थियो, जुन यो वर्ष पीएजीले तोडेको छ । गत वर्ष पार्क डेस प्रिन्सले डिजोनलाई ८–० गोल अन्तरले पराजित गरेको थियो ।

शनिबार पीएसजीका स्ट्राइकरहरु चम्किँदा यसरी गोलको वर्षा भएको हो । खेलको ११ औं मिनेटमा नेयमारबाट शुरु भएको गोल वर्षा खेलको ८३ औं मिनेटसम्म रह्यो । जहाँ ८३ औं मिनेटमा म्यूनरले टीमका लागि ९ औं गोल गरेका थिए ।

एम्बापेले ३७, ४५ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । यस्तै कभानीले ५९, ६६ र ७५ औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे । नेयमारले ११ औ र ६८ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै लीग लिडर पीएसजीको १९ खेलबाट ५३ अंक भएको छ । उता पराजित जेइन्युग्याम्पाको २१ खेलबाट १४ अंक थ र अंक तालिकाको पुछारमा छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083