चितवनमा एक कैदीको मृत्यु

4.86K
shares

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो। एघार वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई विसं ०७३ चैत १२ गते जेल चलान गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083