राजपा नेता महन्थ ठाकुर किन जाँदैछन् दिल्ली ?

5.03K
shares

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर आइतबार दिल्ली प्रस्थान गर्दैछन्। नियमित स्वास्थ्य जाँचका क्रममा ठाकुर दिल्ली जान लागेका हुन्। आइतबार दिउँसो तीन बजे ठाकुर दिल्ली जाने कार्यक्रम रहेको राजपाले जनाएको छ।

नेता ठाकुरको दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण हुने राजपा महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए। ‘नियमित स्वास्थ्य परीक्षणकालागि उहाँ दिल्ली जान लाग्नु भएको हो,’ महामन्त्री सोनलले डिसी नेपालसँग भने, ‘उहाँको मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ।

केही समय अगाडि नेता ठाकुरको मुटुमा पेस मेकर राखिएको थियो। पेस मेकर राखेपछि बेला बेलामा स्वास्थ्य परीक्षण गर्नु पर्ने भएकाले ठाकुुर दिल्ली जान लागेका हुन्। स्वास्थ्य परीक्षण बाहेक अन्य कुनै कार्यक्रम नरहेपनि अनौपचारिक रुपमा राजनीतिक भेटघाट हुन सक्ने बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083