भिमफेदी गाइजको ‘रनन रन्किने तोम्बा र छ्याङ….’ (भिडियोसहित)
वि.सं.२०७५ माघ ६ आइतवार १३:४५
9.69K
shares
shares

काठमाडौं । भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ….’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।
भिडियो मनाङको रमणीय स्थलहरुमा खिचिएको छ । मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको भिडियोलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउने अपेक्षा रहेको भिमफेदी गाइजका निर्मल लामाले बताए । भिमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई प्रस्तुत गरिएको छ।
मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :


























