‘प्रदेश २ को नाम मधेस प्रदेश’

6.38K
shares

काठमाडौं । प्रदेश २ मा प्रदेश सरकारले नामांकन लागि सुझाव संकलन गरिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ हुने बताएका छन्।उनले प्रदेश २ का सरकारले सिरहाको लहानमा आयोजना गरेको १२ औँ बलिदानी दिवसको कार्यक्रममा यस्तो बताएका हुन्।

स्वास्थ्य मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस(कम्युनिस्टले नपचाइरहेको आरोप पनि लगाए । ‘उनीहरुलाई संघीय प्रणाली टाउँकोमा लादेको महसुस भइरहेको छ, उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैन । संविधानमा सबै वर्ग समुदायको चेहरा देख्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । संविधान संसोधन नभए संघर्षमा जाने उनले बताए।

मन्त्री यादवले सरकारमा गएको विषयमा समेत बोले । ‘धेरैले भन्ने गर्छ सरकारमा गयो, तर आफूहरु संविधान संशोधनकै लागि मत दिएको र सरकारमा गएका छौँ,’ उनले भने,‘मतले दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ, त्यसैले सरकारमा गएका छौँ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083