मेक्सिकोमा पाइपलाइन विस्फोट हुँदा मर्नेको संख्या ७३ पुग्यो

6.25K
shares

एजेन्सी । मेक्सिकोको मध्यभागमा शुक्रवार इन्धनको एक पाइपलाइनमा भीषण आगलागी हुँदा मर्ने मानिसको संख्या बढेर ७३ पुगेको छ ।

सयौं मानिस पाइपलाइनबाट चुहिएको तेल चोर्नका लागि भेला हुँदा आगो लागेको थियो । हिडाल्गोका गभर्नर उमर फयादले पाँच अन्य शव बरामद भएपछि मृतकको संख्या बढेर ७३ पुगेको बताए ।

मेक्सिकोको उत्तरी शहर त्लाहेलिलपनमा भएको विस्फोटमा ७४ अन्य घाइते भएका छन् । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले शनिवार बिहान घटनास्थलको भ्रमण गरे । उनले देशमा तेल सम्बन्धी उठेका समस्याविरुद्ध आफ्नो लडाईं जारी राख्ने संकल्प लिए ।

राष्ट्रपति लोपेजले इन्धन चोरीका विषयमा राष्ट्रिय स्तरमा बनेका आफ्ना योजनालाई कार्यान्वयन गर्ने योजना बनाइरहेका छन् । पेमेक्स पाइपलाइनबाट इन्धन चोरी हुँदा मेक्सिकोलाई सन् २०१७ मा ३ अर्ब डलर नोक्सानी भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083